हिजो माओबादीले हिमाल मिडियामाथि गरेको आक्रमणले, उनीहरूले अझै पुरानो संस्कार छोड़न सकेका छैनन भन्ने कुरा प्रस्ट भएको छ | म त झन तेती बेला छक्क परें, जती बेला माओबादीको उग्र नेता मोहन बैध्य (किरण)ले “त्यो मजदूरलाई पुनर्बहाली नगर्नेहरुलाई कारबाही गर्नु पर्छ” भने | त्यो किरण भन्ने अहिले सम्म जंगल राज नै छ भन्ने भ्रममा छ जस्तो छ | ज्ञानेंद्रले जे गल्ती गरेर अहिले पतन भयो त्यही गल्ती अब माओबादीले गर्दै छ, र गल्ती हो जनतालाई मुर्ख ठान्नु !!
दिल्लीका मालिकहरुको बोलीले कट्टुमा मुत्ने माओबादीले जन-गणतंत्रको कुरा गर्नु जनतालाई मुर्ख ठान्नु को सबै भन्दा ठुलो उदहारण हो | यसरी नै थर्काएर २१ औ सताब्दीमा देश चलाउने सपना देखेको छ यदि माओबादीले भने जनतालाई मुर्ख ठान्ने माओबादी कत्तिको पटमुर्ख रहेछ भनेर भन्न मलाई शब्दको खाँचो भयो | अहिलेको जमानामा आफुले सम्मान पाउन अरुलाई सम्मान गर्नु पर्छ, आफ्नो अधिकार खोज्नु भन्दा पहिला तेस्ले अरुको अधिकार त हनन गरेको छैन भनेर २ चोटि सोच्नु पर्छ | जसरी बेलायतको राज परिवारले देशमा मात्र होइन, जनताको हृदयमा पनि राज गरेको छ, र त अहिले सम्म आफ्नो अस्तित्व बचाउन सफल छ, नत्र छ्ड्थे होला बेलायेतीले !! यो कुरा ज्ञानेंद्रले बुझेन अनि जानु पर्यो बनबास, त्यही कुरा माओबादीले पनि बुझे जस्तो लागेन, अब फेरी केबादी आउने हो ?
मलाई हामी नेपाली जनताको भाग्य देखेर पो दिक्क लागेर आउँछ, जस्तोलाई चुनाबमा जिताए पनि, ग़लत मान्छे | एउटा राम्रो नेता ज़न्माउन नसकेको रहेछ जस्तो लाग्न थाल्यो मलाई त !! एत्रो लडाई गरेर आएकाहरु केहि केहि त राम्रै गर्लान जस्तो लागेको त्यो मलाई त चुनाब पछि, थुइक्क मेरो बुद्दि !!!!!
पतनतर्फ़ माओबादी
December 23, 2008 by Nischal